Section 12
कोष -
१) मुक्त कमैयाको हकहितको सम्बन्धमा आवश्यक काम गर्नको लागि एक कोष रहनेछ
र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट अनुदान स्वरुप प्राप्त रकम,
(ख) विदेशी व्यक्ति, सरकार वा संघ संस्थाबाट नेपाल सरकार मार्फत् प्राप्त
रकम,
(ग) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) कोषमा जम्मा भएको रकम कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) कोषको सञ्चालन नेपाल सरकारले तोकेको प्रकृया अपनाई समितिको निर्देशनमा
कल्याणकारी अधिकृतले गर्नेछ ।